बालिका मिश्रको उपचारका लागि सङ्कलन भएको एक लाख बढी रकम पठाए महेन्द्रले 

डोटी : १३ वर्षीया बालिका पूजा मिश्र बचाउ अभियानका क्रममा सङ्कलन भएको रकम बिरामीका बुवा रमेश प्रसाद मिश्रलाइ पठाइएको छ । अभियानका  क्रममा विभिन्न व्यक्तिबाट सङ्कलन भएको नेपाली रु. एक लाख ५ हजार १ सय ४७ भारत बाट प्रभु मनि ट्रान्सफर मार्फत नेपाल पठाइएको हो ।
क्यान्सर पीडित बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ खत्याडीकी बालिका मिश्रको उपचारमा समस्या भएपछि उपचारमा सहज होस् भनेर आफूले सामाजिक सञ्जाल फेसबुकबाट थालेको अभियानका क्रममा सङ्कलन भएको उक्त रकम बिरामीका बुवाका नाममा पठाइएको महेन्द्र धामीले जानकारी दिएका छन् । रोजगारीको सिलसिलामा भारतमा रहेका धामीले क्यान्सर पीडित बालिका पूजाको उपचारमा आर्थिक समस्या भएको खबर पाउने बित्तिकै आर्थिक संकल अभियान थालेका थिए । बुधवारसम्म सङ्कलन भएको रकम पठाएको र अझ सङ्कलन भएको रकम त्यसरी नै पठाउने धामीले बताएका छन् ।
Sayalb
बिपी कोइराला क्यान्सर रोग अस्पताल चितवनमा उपचाररत क्यान्सर पीडित पूजाको उपचारको लागि १३  देखी १४ लाख खर्च लाग्ने भएको छ । उनको परिवारले  आर्थिक  सहयोगको लागि अपिल गरेका छन् । बुवा रमेशले विभिन्न सङ्घसंस्था तथा व्यक्तिलाई आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् । सहयोग गर्न चाहनेले मोबाइल नम्बर ९८४८४७४२४३ मा फोन गर्न र रमेश प्रसाद मिश्रको ग्लोबल आइएमइ बैङ्कको खाता नम्बर १३३०८०१०००००१६ मा रकम जम्मा गर्न सक्नेछन् ।
Shaileshwori
Loading...