
गणेश मौनी
कात्तिक १९ डोटी
डोटी जिल्लाका विभिन्न पालिकाहरूमा नमुना मतदानको अभ्यासले तीव्रता पाएको छ । मङ्सिर ४ गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै नमुना मतदान कार्यक्रम शुक्रवार बोगटान फुड्सिल गाउँपालिकामा सञ्चालन गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । उनले भनिन् नमुना मतदान अभ्यासले आम मतदाताहरूलाई सही तरिकाले कसरी भोट हाल्ने, कसरी मतदान गर्दा भोट बदर हुदैन् भन्ने विषयमा जानकारी गराउने उद्देश्यले नमुना मतदान गरिएको प्रजिअ श्रेष्ठले बताइन् । निर्वाचन आयोगको कार्यक्रम अनुसार स्थानीय तहका केन्द्र र आसपासका क्षेत्रहरूमा नमुना मतदान कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय डोटीका निर्वाचन अधिकारी करुणाकर पन्त्तले बताए ।


डोटीको बडिकेदार गाउँपालिका बाट सुरु भएको नमुना मतदानको कार्यक्रम जोरायल गाउँपालिका पछि शुक्रवार बोगटान फुड्सिलग गाउँपालिकाकामा गरिएको र अन्य पालिकामा पनि निरन्तर गरिने निर्वाचन अधिकारी पन्तले बताए । नमुना मतदानका साथै निर्वाचन शिक्षालाई समेत निरन्तरता दिइरहेको समेत निर्वाचन अधिकारी पन्तले बताए । नमुना मतदान कार्यक्रका साथै जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिले डोटीका विभिन्न स्थानहरूमा मतदान स्थल र आचारसंहिताको को निरन्तर अनुगमन गरिहरेको निर्वाचन कार्यालयले जनाएको छ ।
आयोगले आगामी मशिर ३ गते सम्म १८ वर्ष पूरा भई फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताहरूले मात्र मतदान गर्न पाउने छन् । डोटी जिल्लामा एक लाख २४ हजार ८ सय ७० मतदाता रहेका छन् ।

