
डोटी : नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता तथा प्रतिनिधि सभा डोटीका गठबन्धनका साझा उम्मेदवार प्रेम बहादुर आले मगरले नेकपा एमाले डोटीले झुटको खेती गरिरहेको बताएका छन् । शनिवार लोकतान्त्रिक बाम गठबन्धन डोटीले पुर्विचौकी गाउँपालिकाको गैरा गाउँमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै आलेले यस्तो बताएका हुन् ।

“प्रेम आले सुर्केसमा पैसा बोकेर आएको छ, घरघरमा बाडेको छ भन्ने हल्ला एमालेले फैलाएको छ, आलेले भने, के तपाइले पाउनु भयो रु यस्तो झुटको खेती नगरौँ ।” स्वच्छ प्रतिस्पर्धा गर्न उनले आग्रह गरेका छन् । आफ्नो नाम बेचेर एमालेले गौरी ओलीलाई भोट मागिरहेको आरोप लगाएका छन् ।
एमालेका कार्यकर्ताले भ्रम फैलाइरहेकाले प्रतिनिधि सभामा चुनाव चिन्ह कलम (प्रेम आले), प्रदेश सभा ‘क’ मा चुनाव चिन्ह रुख (नरेन्द्र सिंह) र प्रदेश सभा ‘ख’ मा चुनाव चिन्ह हँसिया हतौडा (शिव ओली) लाई भोट हाल्न सिकाउन गठबन्धनका कार्यकर्तालाई उनले आग्रह गरे ।
