

डोटी : देशको गरिबी, बेरोजगारी जस्ता समस्याको न्यूनीकरण गर्नु अहिलेको चुनौती रहेको नेपाली काँग्रेसका नेता तथा लोकतान्त्रिक बाम गठबन्धन डोटीका प्रचारप्रसार समिति संयोजक भरत खड्काले बताएका छन् । शनिवार लोकतान्त्रिक बाम गठबन्धन डोटीले पुर्विचौकी गाउँपालिकाको गैरा गाउँमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले र देशको समग्र विकास गर्न गठबन्धनको जित आवश्यक रहेको बताएका हुन् ।
अब बन्ने सरकार एउटा प्रणाली स्थापित गरेर, राजनीतिकी स्थायित्व कायम गरेर मात्रै यी समस्या समाधान गर्न सकिने नेता खड्काले बताएका छन् । इच्छा शक्ति भएको सरकारले मात्रै देशको मुहार फेर्न सक्ने भएकाले लोकतान्त्रिक बाम गठबन्धनको सरकार बनेमा देशको गरिबी बेरोजगारी जस्ता समस्याको न्यूनीकरण हुने उनले बताए । डोटेली जनतालाई गठबन्धनलाई जिताइ देश निमार्ण गर्नमा सहयोग गर्न उनले आग्रह गरेका छन् ।
