प्रतिगमन रोक्न गठबन्धन : ओली

Sayalb

डोटी : जनताको प्रतिनिधित्व गर्ने सर्बोच्च थलो संसद् बिगठन गर्ने प्रतिगमनकारी शक्तीलाई प्रास्त गर्नका लागी गठबन्धन गरिएको डोटी प्रदेश सभा दुईका उम्मेदवार शिब सिंह ओलीले बताएका छन् । जनताको मतको अबज्ञा गर्दै संसद् बिगठन गर्नेलाई मत दिँदा फेरी पनि जनताको घोर अपमान गर्ने हुँदा लोकतान्त्रि बामगठबन्धलाई निशंकोच मतदान गर्न ओलीले अपिल गरेका छन् ।
डोटीको बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौलीमा आयोजित चुनाबी कार्यक्रमलाई सम्बोदन गर्दै ओलीले उक्त कुरा बताएका हुन । नेपाली जनताले झण्डै दुई तिहाई मत दिँदा समेत दुई दुई पटक संसद बिगठन गर्ने प्रतिगमनकारीहरुलाई जनतासंग मत माग्ने अधिकार नभएको ओलीको दाबी गरेका छन् ।
गठबन्धनको साझा भावना अनुसार भावी योजना तथा कार्यक्रम कार्यान्वयनका लागी आफु प्रतिबद्ध रहेको ओलीले बताएका छन् । आफुलाई निर्वाचित गराउने जनता नेता कार्यकर्ताको पक्षमा जनमुखी काम गर्नु आफ्नो प्रमुख दायित्व रहेको हुँदा यसमा कसैले दुबिधामा नपर्न समेत आग्रह गरेका छन् ।

Shaileshwori
Loading...