
धन बोहरा, डोटी
डोटीको सायल गाउँपालिकाले वडा नम्बर १ र ६ मा (बिलएबि) शाखारहित बैङ्किङ सेवा सुरु गर्ने भएको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीको समस्यालाई मध्ये नजर गर्दै सेवा सुचारु गर्न प्रक्रिया अघि बढाएको हो । गत वर्ष देखि सरकारले सामाजिक सुरक्षा भत्ता बैङ्कबाट भुक्तानी गर्न थालेको छ ।

भत्ता बैङ्कबाट भुक्तानी हुन थालेपछि यो क्षेत्रका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले भत्ता बुझ्न घण्टौँ हिँडेर गाउँपालिका क धाउनु परेको छ । सेवाग्राहीको समस्यालाई बुझ्दै बिलएबि सेवा सुचारु गर्ने प्रक्रिया अघि बढाएको गाउँपालिका अध्यक्ष धर्मराज जोशीले जानकारी दिएका छन् ।
बिएलबि सेवा सुचारु भएपछि यहाँका सेवाग्राही लाभान्वित हुने भएका छन् । सेवा प्रभावकारी बनेमा अन्य वडामा शाखा बिस्तार गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष जोशीले बताए ।
