

पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पले परी चार जनाको मृत्यु भएको छ । प्रारम्भीक जानकारी अनुुसार चार जनाको मृत्यु भएको स्थानिय बजिर सिं नेपालीले जानकारी दिए । दुई जनाको शब बाहिर निकालिएको छ भने अन्यको शब निकाल्न सकिएको छैन् । नेपाल प्रहरी, नेपाली सेना स्थानियले शब निकाल्ने काम गरी रहेका छन् । बझाङको कालाखेती केन्द्रबिन्दु बनाई गएको २ः१३ मा गएको भूकम्पका कारण घरमा च्याप्पिएर मृत्यु भएको हो । घर भत्कीदाँ मानबिय क्षती भएको बिवरण प्राप्त भएको सबै बिवरण एकिन हुन नसकेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भएको छ ।
