Before Header
After Navigation

भूकम्पबाट मृत्यु भएका परिवारलाई आलेले १ लाख ५० हजार दिने 

सामाजिक अभियान्ता जोशीले ६० हजार आर्थिक सहयोग गरे

धन बोहरा, डोटी
पूर्व मन्त्री एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले भूकम्पबाट मृत्यु भएका परिवारलाई सहयोग गर्ने बताएका छन् । डोटीबाट प्रतिनिधि सभा सदस्यका लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार रहेका आलेले भूकम्पबाट मृत्यु भएका पुर्विचौकी गाउँपालिकाका परिवारलाई सहयोग गर्ने भएका छन् । उनले भूकम्पमा परि मृत्यु भएका ६ जनाका परिवारहरूलाई रु एक लाख ५० हजार दिने घोषणा गरेका हुन् ।
नेकपा एमाले डोटीले पनि भूकम्प पीडितको राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन समितिलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । एमाले जिल्ला अध्यक्ष चक्र मल्लले सहयोगको घोषणा गरेका हुन् ।
यसैबिच मृतकको परिवारलाई सामाजिक अभियान्ता भक्तराज जोशीले आर्थिक सहयोग गरेका छन् । बुधवार बिहानै पुर्वीचौकीको गैरा गाउँ पुग्नुभएका सामाजिक अभियान्ता जोशीले भूकम्पबाट मृतक सीता बोहरा, भगवती बोहरा, हर्क बोहरा, तुलसी बोहरा, प्रेम बोहरा र धनसरि बोहराको परिवारलाई जनही १० हजारका दरले किरिया खर्चका लागि ६० हजार सहयोग दिएका हुन् ।
Sagan sahari bhawan nirman aayojana
Shaileshwori
Loading...