Before Header
After Navigation

दिपायल सिलगढीमा भूकम्पले आंशिक क्षति पुर्याउदा २ घरका परिवार विस्थापित

मोहन ठकुल्ला, डोटी
आज बिहान २ बजेर १२ मिनेटमा खप्तडमा केन्द्र विन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीका विभिन्न ठाँउहरूमा आंसिक क्षति पु¥याएको छ । जिल्लाको पुर्विचौकी गाउँपालिका, सायल गाउँपालिका, आदर्श तथा केआईसिंह गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका निजी तथा सरकारी संरचनामा भुकम्पले क्षति पुर्याएको छ । सायल गाउँपालिकाका अधिकांस ठाउँमा पहिरो जानुका साथै केही घरहरुमा आंसिक क्षति पुगेको छ ।

गाउँपालिकाको डौड स्वास्थ्य चौकीको भवनमा क्षति पुगेको स्थानीय तेज डुम्रेलले बताएका छन् । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ मूलघोका स्थित दुर्गामाया कामी बस्दै आएको घर र नाचन्थली स्थित सिलगढी खानेपानी उपभोक्ता समिति नजिक रहेको घरमा एक घरमा आंसिक क्षति पुगेको छ । विगत २२ वर्ष देखि बस्दै आएको घरमा भूकम्पले क्षति पुर्याउदा घर परिवार र पशुचौपाया विस्थापित हुनु परेको दुर्गा कामीले बताइन् । उक्त ५ जना सदस्य बस्दै आएको ६ कोठे घर नीर बिकार लगायत ४ जनाको नाममा रहेको छ ।

Sagan sahari bhawan nirman aayojana

त्यस्तै राजु देवी बाहराको घरमा भुकम्पले मानिस बस्नै नमिल्ने गरी क्षति पुर्याउदा परिवार अहिले विस्तापित भएको अध्यक्ष नरेश मलासीले बताए । घरमा बस्न नमिल्ने भएपछि १२ जना सदस्य रहेको परिवार पाल टागेर बस्न बाध्य बएको छ । नगरपालिकाबाट दुबै घरलाई पाल उपलब्ध गराइ बस्ने व्यवस्था मिलाएको अध्यक्ष मलासीले बताउनु भयो ।

यस्तै केआइसिंह गाउँपालिका वडा नम्बर ३ मा रहेको लाल सिं ऐर, पदम सिं, खडक सिं र ठगि सिं ऐर बस्दै आएको घरमा पनि क्षति पुगेको छ । चर्किएको घरमा जोखिम मोलेर उनिहरु बस्न बाध्य भएको वडा सदस्य हर्क बमले बताए ।

   

Shaileshwori
Loading...