संबिधान दिवस मनाईदै
शालिभान साउँद / डोटी, असोज ३
देशै भरी आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा समेत मनाउने गरिएको छ । दिवसको अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना हुँदै छ ।
यसै अवसरमा डोटीमा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरु, प्रतिष्ठान, संघसंस्था, स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रमा दिवस भब्यताका साथ मनाउन अनुरोध गरेको छ । जसअनुसार असोज २, ३ र ४ गते सबै कार्यालयलाई राष्ट्रिय झण्डा फहराउन र सर्वसाधारणलाई साझ दिप प्रज्वलन गर्न भनिएको छ । शहिदहरुलाई सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न धार्मीक स्थलमा पूजापाठ तथा प्राथना गरिने डोटीका प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भटट्राईले जानकारी दिनुभएको छ ।