भूकम्प पीडितलाई राहत वितरण 

नरेन्द्र बहादुर विक, डोटी
सम विकास केन्द्र नेपाल डोटीले भूकम्प प्रभावितलाई राहत वितरण गरेको छ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बिन्दु भएर बुधवार बिहान गएको भूकम्पबाट प्रभावितलाई सम विकास केन्द्र नेपाल डोटी र एक्शनएड नेपालको संयुक्त साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तरगत राहत वितरण गरिएको हो । बिहीबार पुर्विचौकी गाउँपालिका वडा नम्बर ३ गैरा गाउँका   ३० घरपरिवारलाई १ लाख ७४ हजार बराबरको राहत वितरण गरिएको सम विकास केन्द्रका अध्यक्ष अधिराज बिसीले जानकारी दिए ।
Sayalb
वितरण गरिएको राहतमा प्रति परिवार २ थान बलाङकेट र ४ मिटर पि फर्म रहेको बताइएको छ ।   पुर्विचौकी गाउँपालिकाको समन्वयमा गरिएको राहत वितरण कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रतिनिधिहरू, सम विकास केन्द्र नेपालको तर्फ बाट अध्यक्ष अधिराज बिसी र साझेदार संस्था एक्शनएड नेपालको तर्फ बाट प्रेम बहादुर चौधरीको सहभागिता रहेको थियो । भूकम्पले घर भत्काउँदा घरबार विहीन भएका स्थानीय त्रिपालमुनि बस्न बाध्य भएका छन् ।
चिसोको समयमा विपत्तिका कारण बाहिर बासभएक‍ो बेला सम विकास केन्द्र बाट प्राप्त सहयोगले राहत महसुस गरेको स्थानीय राम बहादुर बोहराले जानकारी लिएका छन् । भूकम्प प्रभावित परिवारका सदस्यहरूलाई पहिलो चरणमा बलाङकेट र पि फर्म सहयोग गरेको र दोस्रो चरणको राहतको लागी पनि प्रक्रिया अगाडि बढाइएको सम विकास केन्द्र नेपाल डोटीले जनाएको छ । बुधवार बिहान गएको भूकम्पले घर भत्काउँदा  गैरा गाउँका ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।
Shaileshwori
Loading...