आलेले नेपालको अन्तर्राष्ट्रिय बेइज्जत गरे : ओली

किरण धामी, डोटी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री प्रेम बहादुर आले मगरले डोटी सहित नेपालको अन्तर्राष्ट्रिय बेइज्जत गरेको बताउनुभयो । शनिवार एमाले डोटीले दिपायलमा आयोजना गरेको बृहत् चुनावी आमसभामा पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले यस्तो बताउनु भएको हो । “तपाइहरूले भाषा सुन्नु भएन, अस्ति तपाईँहरूको मन्त्रीको अध्यक्ष ओलीले भन्नुभयो, यस्तो मान्छेलार्ई फेरी भोट दिएर मन्त्री बनाएर फेरी बेइज्जत गर्ने ?, डोटीको मान्छेले यस्तै बोल्छ भनेर भन्ने ।”
Sayalb
ओलीले सत्तारुढ गठबन्धन गन्तव्य विहीन रहेको बताउँदै दुना टपरीको संज्ञा दिनुभएको छ ।  गठबन्धन ससाना पात जोडेर दुना टपरी गाँसेजस्तो गरिएको बताउनुभयो । गठबन्धनसँग बिचार तथा कार्यक्रम केही नभएको ओलीको दाबी छ । सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसले देशै भर रुखमा भोट हाल्न नपाउने बताउनु भएको छ । “नेपाली काँग्रेसका साथीहरूलाई भन्न चाहन्छु, ओलीले भन्नुभयो, नेपाली काँग्रेसले पहिले पहिले चितवनमा भोट हाल्न पाउँदैन थियो, अब देशै भर रुखमा भोट हाल्न नपाउने भएछ ।”
ओलीले लोकतन्त्रको पहरेदार पार्टी एमाले भएको बताउनुभएको छ । एमाले पार्टी कसैलाई काखापाख गर्ने पार्टी नभई समग्र देशको विकास गर्ने पार्टी रहेको उहाँको दाबी थियो । जिन्दगीभर काँग्रेस पार्टीमा योगदान दिएका नेता वीर बहादुर बलायरलाई गलत्याएर पठाइएको उहाँले बताउनुभयो । “कैलालीमा गएर के गर्ने तीनलाई थारु भाषा आउँछ ? त्यो जित्न पठाएको होर ? यहाँबाट गलत्याएर ओरालो बगाइएको हो ओलीले भन्नुभयो, काँग्रेसलाई बगाएर आफू उभिन खोज्नेलाई भोट दिनुहुन्छ ?” माओवादी केन्द्रलाई तपाईँको सांस्कृतिक क्रान्ति के हो भनेर ओलीले प्रश्न गर्नु भएको छ । एमालेले जितेमा देश बन्ने उहाँको दाबी छ ।
Shaileshwori
Loading...