
डोटी : डोटीको के.आई.सिंह गाउँपालिकामा पानी बोक्ने ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको काफलीमा ना २ ख ६८२७ नम्बरको पानी ट्याङ्कर दुर्घटना हुँदा चालक ३८ वर्षीय दान बहादुर धामीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार शनिवार बिहान ११ बजे भएको दुर्घटनामा परि मृत्यु भएका चालक डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–८ हम्तडका हुन् ।
के.आई.सिंह गाउँपालिका अन्तर्गत रहेको सहजपुर बोगटान दिपायल रानागाँउ वायल रोडमा काम गर्ने क्रममा सडक छेउबाट तल गएर दुर्घटना भएको थियो ।
