
डोटी : सुदूरपश्चिममा फेरी भुकम्पको धक्का महसुस गरिएको छ । शनिबार राति ८ बजेर १२ मिनेटमा ५.४ रेक्टर स्केलकाे भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार बझाङकाे खप्तड छान्ना गाउँपालिकाकाे पाटादेवल केन्द्रबिन्दु बनाइ भूकम्प गएको हो ।

बझाङ, डोटी, बैतडी, अछाम, कैलाली, कञ्चनपुर लगायतका ठाउँमा भूकम्पको धक्का महशुस भएको छ। यस अघि गत बुधबार बिहान खप्तड केन्द्रबिन्दु बनाइ ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परि डोटीमा ६ जनाले ज्यान गुमाएका थिए ।
