

डोटी : बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ का वडा सदस्य ईन्द्र बहादुर बोहरा (बादल) माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका बादल माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य डम्बर घर्ती मगर र जिल्ला संयोजक कमल बहादुर गडसिला लगायतले पार्टीमा स्वागत गरेका छन् । बादल पार्टी प्रवेश गरेसँगै माओवादी केन्द्र र लोकतान्त्रिक वाम गठबन्धनमा नया उर्जा थपिएको माओवादी केन्द्र बोगटान फुट्सिल गाउँ इकाई कमिटी अध्यक्ष देव बहादुर बोहराले बताए ।
