Before Header
After Navigation

अछाम केन्द्रबिन्दु बनाएर फेरि गयो भूकम्प 

Sagan sahari bhawan nirman aayojana
डोटी : सुदूरपश्चिममा फेरी भूकम्पको धक्का महसुस गरिएको छ । मङ्गलवार साँझ ६ बजेर ७  मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले दिनुभएको जानकारी अनुसार अछाम जिल्लाको बाब्ला केन्द्र बिन्दु बनाइ भूकम्प गएको हो ।
अछाम, बझाङ, डोटी, बैतडी लगायत आसपासका ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । यस अघि गत बुधवार बिहान खप्तड केन्द्रबिन्दु बनाइ ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परि डोटीमा ६ जनाले ज्यान गुमाएका थिए । त्यस यता सुदूरपश्चिममा लगातार भूकम्प गइरहेका छन् ।
Shaileshwori
Loading...