
सिलगढी : डोटीमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेम बहादुर आलेमरले अग्रता मायम राखेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा जम्मा ७ हजार २ सय ४७ मतगणना हुँदा एकीकृत समाजवादीका नेता आलेले ४ हजार ४९ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार गौरी ओली २ हजार ३ सय ९२ मतका साथ आलेलाइ पछ्याउँदै हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले २१४ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अंक बहादुर खड्काले ९५, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले २८ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले ३ मत पाएका छन् ।

प्रदेश सभा क तर्फ एमाले उम्मेदवार चक्र मल्ले अग्रता बनाउनुभएको छ । जम्मा ६ हजार ६ सय ३५ मत गणना हुँदा मल्लले ३ हजार ४ सप ९६ मत प्राप्त गर्नुभएको छ । काँग्रेस उम्मेदवार नरेन्द्र सिंहले २ हजार ६ सय ३५ मत पाउनुभएको छ । हाम्रो नेपाल पार्टीका उम्मेदवार शैलेन्द्र खड्काले ६७, राष्ट्रिय प्रजातान्त्र पार्टीकानेत्र नाथले ६६ मत प्राप्त गर्दा ३२४ मत बदर भएको छ ।
त्यस्तै प्रदेश सभा ख मा माओवादी उम्मेदवार शिव ओलीले अग्रता कायम राख्नुभएको छ । जम्मा ७ हजार ४ सय १५ मत गणना हुँदा ओलीले ३ हजार ४ सय ८२ मत पाउनुभएको छ । एमाले उम्मेदवार टेक बम ३ हजार २ सय ८१ मतका साथ ओलीलाइ पछ्याउँदै हुनुहुन्छ । राष्ट्रिय प्रजातान्त्र पार्टीका उम्मेदवार मोहन बमले २६२ मत पाउनुभएको छ भने त्यहाँ ३९० मत बदर भएको छ ।
