डोटी निर्वाचन : संघमा आले, प्रदेशमा मल्ल र बमको अग्रता

Sayalb

सिलगढी : डोटीमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेम बहादुर आलेमरले अग्रता मायम राखेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा जम्मा १० हजार १ सय ५० मतगणना हुँदा एकीकृत समाजवादीका नेता आलेले ५ हजार ७ सय २४ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार गौरी ओली ३ हजार २ सय २३ मतका साथ आलेलाइ पछ्याउँदै हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ४ सय ४ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अंक बहादुर खड्काले ११८, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ४७ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १० मत पाएका छन् ।
प्रदेश सभा क तर्फ एमाले उम्मेदवार चक्र मल्ले अग्रता बनाउनुभएको छ । जम्मा ७ हजार ७ सय ५६ मत गणना हुँदा मल्लले ४ हजार ७२ मत प्राप्त गर्नुभएको छ । काँग्रेस उम्मेदवार नरेन्द्र सिंहले ३ हजार १ सय ७५ मत पाउनुभएको छ । हाम्रो नेपाल पार्टीका उम्मेदवार शैलेन्द्र खड्काले ७५, राष्ट्रिय प्रजातान्त्र पार्टीकानेत्र नाथले ७३ मत प्राप्त गर्दा ३६१ मत बदर भएको छ ।
त्यस्तै प्रदेश सभा ख मा एमाले उम्मेदवार टेक बमले अग्रता बनाउनु भएको छ । सुरुवाती अग्रता बनाउनुभएका माओवादी उम्मेदवार शिव ओलीलाई पछि पार्दै बमले अग्रता बनाएनुभएको हो । जम्मा १० हजार ६ सय ६ मत गणना हुँदा बमले ४ हजार ९ सय ८१ मत पाउनुभएको छ । गठबन्धनका समेत साझा उम्मेदवार रहनुभएका ओलीले ४ हजार ७ सय ५७ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातान्त्र पार्टीका उम्मेदवार मोहन बमले ३५९ मत पाउनुभएको छ भने त्यहाँ ५ सय ९ मत बदर भएको छ ।

Shaileshwori
Loading...