डोटी प्रदेश सभा  ‘क’ मा मल्ल ११९२ मतले अघि 

Sayalb
डोटी : डोटी जिल्ला निर्वाचन प्रदेश सभा  ‘क’  तर्फ एमाले उम्मेदवार चक्र मल्लले अग्रता कायमै राख्नुभएको छ । जम्मा १४ हजार ६ सय १३ मत गणना हुँदा मल्लले ७ हजार २ सय ३३ मत प्राप्त गर्नुभएको छ ।
काँग्रेस उम्मेदवार नरेन्द्र सिंहले ६ हजार ४१ मत पाउनुभएको छ । मल्ल र सिंह बिचको मतान्तर १ हजार १ सय ९२ सयको रहेको छ । हाम्रो नेपाल पार्टीका उम्मेदवार शैलेन्द्र खड्काले १२७, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले १७३ मत प्राप्त गर्दा ७४६ मत बदर भएको छ ।
Shaileshwori
Loading...