डोटीमा ४ हजार २०६ मतान्तरले प्रेम आले विजयी

Sayalb

डोटी : प्रतिनिधि सभा सदस्यमा डोटीबाट एकीकृत समाजवादीका नेता प्रेम बहादुर आलेमगर विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मत परिणाममा आले विजयी भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले घोषणा गर्नुभयो ।  लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार आलेले निकटतम प्रतिस्पर्धीलाइ ४ हजार २ सय ६ मतले पछि पार्टी जीत निकाल्नु भएको हो ।
आलेले २७२१० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गौरी वलीले २३ हजार ४ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार नरेन्द्र बहादुर खड्काले ६ हजार ६ सय ८९, राष्ट्रिय प्रजातन्त्र पार्टीका अंक बहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीमा केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत पाउनुभयो । डोटीमा जम्मा १ लाख २४ हजार ८७० मतदाता रहेकोमा आइतबार सम्पन्न निर्वाचनमा ४१.१७ प्रतिशत अर्थात ६४ हजार ६३ हजार ५५२ मत खसेको थियो । जसमा ४ हजार ९६९ मत बदर भएको छ।
पुर्व पर्यटन मन्त्री आलेको डोटीबाट यो लगातार तेस्रो जीत हो । उहाँले ४ पटक चुनावमा होमीदा एक पटक पराजय र तीन पटक विजयी हुनुभयो । २०६४ मा पराजय हुदाँ २०७०, २०७४ र २०७९ को निर्वाचनमा आले विजयी हुनुभयो । एकीकृत समाजवादी पार्टीमा रहनुभएका आलेले नेपाली काँग्रेसबाट राजनीति सुरू गर्नुभएको थियोे । उहाँले लामो समय नेकपा एमालेबाट राजनिती गर्न गर्नुभयो । हाल उहाँ एमालेबाट बिद्रोह गरि पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीमा हुनुहुन्छ ।

Shaileshwori
Loading...