डोटीमा जीप दुर्घटना हुँदा ४ जना घाइते

Sayalb

सिलगढी : डोटीमा जीप दुर्घटना भएको छ । दिपायल बाट सायल गाउँपालिका जाँदै गरेको से १ ज १५६७ नम्बरको जीप आदर्श गाउँपालिका-१ को बाँझमा दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका अनुसार जीप आफै अनियन्त्रित भएर बिहिवार साँझ ५:१० बजेको समयमा दुर्घटना भएको हो ।
घाइते तीन जनालाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याइँदै छ भने एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ । जीप सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Shaileshwori
Loading...