डोटीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको शुभारम्भ

गणेश मौनी 
मङ्सिर ९, डोटी 
डोटीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुक्रवार एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको छ । दिपायल सिलगढी नगरपालिकाले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रम नगरपालिका गेट देखी स्थानीय बजार इन्द्रचोक सम्म र्‍याली सहित कार्यक्रमको आयोजना गरिएको थियो । अभियान शुभारम्भ कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले डोटी जिल्लामा पनि विभिन्न प्रकृतिका महिला हिंसा, बाल विवाह, बहुविवाह, छुवाछुत लगाएका हिंसाहरू हुन सक्छन् त्यस्ता प्रकृतिका हिंसाहरू हुन नदिन आम नागरिक सचेत हुनुपर्ने बताइन् ।
समाजमा हुने गरेका महिला हिंसा सम्बन्धीका विभिन्न घटनाहरूको न्यूनीकरणमा विभिन्न सङ्घ संस्था नागरिक समाज, सञ्चार क्षेत्र लगायत सबैको सहयोग आवश्यक रहने समेत प्रजिअ श्रेष्ठले बताइन् । कार्यक्रममा बोल्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समारोह समितिका संयोजक दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिंह खड्काले समाजमा कुनै पनि महिलाहरूले हिंसा सहेर बस्न नहुने त्यसको लागि सुरुमा महिलाहरुनै अग्रसर हुनुपर्ने बताए ।
Sayalb
डोटी जिल्लामा विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा नगरपालिकाका विभिन्न वडाहरूमा १६ दिन सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरी दिवस मनाइने दिपायल सिलगढी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बुले बताइन् । उनले भनिन नगरपालिकाका सबै वडाहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिनुका साथै जिल्ला स्तरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिने समेत लिम्बुले बताइन ।
डोटीका अन्य पालिकाहरूमा पनि  विभिन्न कार्यक्रमहरूको आयोजना गरी दिवसलाई मनाउने भएका छन् । अभियान प्रारम्भ कार्यक्रममा जिल्लामा क्रियाशील गैरसरकारी सङ्घ संस्था, नागरिक समाज, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय, पत्रकार लगाएको सहभागिता रहेको थियो ।
लैङ्गिक हिंसा अन्त्यको प्रयास स्वरूप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो । हरेक वर्ष अंगे्रजी महिनाको नोभेम्बर २५ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसबाट सुरु गरी डिसेम्बर १० अन्तर्राष्ट्रिय मानवअधिकार दिवस सम्म अभियान सञ्चालन गरिन्छ ।
Shaileshwori
Bolpatra
Loading...