सुत्केरी महिलाको हेलिकप्टर द्वारा उद्धार

सुबास नेपाली, डोटी

३६ घन्टा सम्म सुत्केरी व्यथा लागेर छट्पटीएकि डोटीकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

Sayalb

डोटी जिल्ला बडिकेदार गाउँ पालिका वडा नम्बर ५ रन्ताेला बस्ने २७ वर्षिया अमृता बाेहराको साेहि ठाउँको रन्ताेला सामुदायिक स्वास्थ्य चौकीमा सुत्केरी हुन नसक्दा बोहराको पेटमै बच्चाकाे मृत्यु भइसकेपछि उच्च रत्तश्राव भै ज्यान जोखिममा रहेको हुँदा उपचारका लागी नेपाली सेनाकाे एन ए-०४५ कलसाईको हेलिकप्टरबाट भैरव प्रसाद गणको पहलमा उद्धार गरि सुर्खेत लगिएको डोटी स्थित नेपाली सेनाको भैरब प्रसाद गणका निमित्त गणपति सेनानी सुरेन्द्र बहादुर रोकाले जानकारी दिनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गम ठाउँका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई हेलिकप्टर मार्फत उद्धार गर्ने गरिएको छ।

Shaileshwori
Bolpatra
Loading...