४ सय ९२ जना एचआइभी सङ्क्रमितले नियमित एआरटी सेवा लिँदै 

सिलगढी : डोटी जिल्लामा ४ सय ९२ जना एचआइभी/एड्स सङ्क्रमितले नियमित औषधी सेवन गरिरहेको पाइएको छ । बिहीबार ३५ औँ एड्स दिवसको अवसरमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
हालसम्म जिल्लामा एक हजार ८१ जनामा एचआइभी/एड्स सङ्क्रमण रहेको पुष्टि भएको एएचएफका काउन्सुलर शर्मिला मलासीले जानकारी दिनुभयो । उहाँका अनुसार ८ सय ८६ जनाले एआरटी सेवा लिएको भए पनि अहिले ४ सय ९२ जनाले मात्रै नियमित औषधी सेवन गरिरहेका छन् । एक सय १० जना अन्य ठाउँ गएको भए पनि अरू ७० जना सम्पर्कमा आएका छैनन् ।
Sayalb
जिल्लामा हालसम्म २ सय १७ जनाको एचआइभी/एड्सका कारण मृत्यु भएको छ । सङ्क्रमित बिरामीलाई नियमित एआरटी सेवा लिन जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले सुझाव दिनुभएको छ । समय समयमा स्वास्थ्यको चेकजाँच गर्न सुझाउँदै औषधी सेवन नगरेमा अन्य रोगहरूले पनि सङ्क्रमण गर्न सक्ने उहाँले बताउनुभयो ।
Shaileshwori
Loading...