

कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले बिभिन्न समयमा बरामत गरेको मदिरा करदाता सेवा कार्यालय डोटीले नष्ट गरेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटी बिभिन्न समयमा जफत गरिएको मदिरा नष्ट गर्नका लागी सेवा कार्यालयमा बुझाएको थियो ।
विभिन्न ब्रान्डका ८१ पेटी मादक पदार्थ नष्ट गरिएको करदाता सेवा कार्यालय सिलगढीका प्रमुख विनोद सिंह महताले जानकारी दिनु भएको छ । जिल्ला प्रशासन कार्यालय डोटी, उद्योग वाणिज्य सङ्घ डोटी, जनप्रतिनिधि, प्रहरी तथा पत्रकारको उपस्थितीमा मदिरा नष्ट गरिएको हो ।
