

गणेश मौनी
मंशिर १७, डोटी
हिंसामुक्त समाज बनाउन सबैले आ–आफ्नो घरबाट सुरुवात गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
दिपायल सिलगढी नगरपालिका र शिक्षाका लागि राष्ट्रिय अभियानको समन्वय तथा सामुदायीक बिकास केन्द्र डोटीले शुक्रबार दिपायलमा आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै सायल गाउँपालिका ३ की भावना शाहले हाम्रो समाजमा रहेका विभिन्न प्रकारका हिंसाहरु अन्त्य गर्नको लागि हामीले आफ्नो घरबाट सुरुवात गर्नुपर्छ, हाम्रो घरपरिवार, टोल, छरछीमेक, समुदायमा त कुनै प्रकारका हिंसा भईरहेका छैनन् घरबाट सुरुवात गरे हिंसा अन्य गर्न सकिने बताईन् ।
उनि मात्र होईनन् कार्यक्रमा सहभागि दिपायल सिलगढी नगरपालिका वडा नम्बबर ९ की सोनी चौधरी ले मदिराका कारण हिंसा हुने गरेको बताईन् । पुरुष मानिसले मदिरा सेवन गर्छन घरमा आउने अनी श्रीमतीलाई कुटपीट गर्ने कारणले पनि घरेलु हिंसा बढ्ने गरेको बताईन् । मदिरा बिक्रीबितरण तथा सेवनमा स्थानीय प्रशासन र सरकारले चासो दिनुपर्ने समेत सोनीले बताईन् ।
कार्यक्रममा अधिकांश सहभागिहरुले समुदायमा रहेका विभिन्न प्रकारका हिंसाहरु अन्त्य गर्नका लागि समुदायमा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको बताए ।
गाउँघरमा लैङ्गिक हिंसाका घटनाहरु हुने गरेपनि बाहीर आउन नसकेको दिपायल सिलगढी नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख सानुमायाँ लिम्बुले बताईन् । उनले भनिन् समुदायमा विभिन्न प्रकृतिका हिंसा बाल बिबाह, बहुबीबाह, लैङ्गिक विभेद, श्रीमान श्रीमती बिचको झगडा, सासु बुहारी बिचको झगडा हुने गरेपनि बाहीर आउदैनन् त्यसैले कसैले पनि हिंसा सहेर बस्नु हुदैन ।
डोटी जिल्लालाई हिंसा मुक्त जिल्ला बनाउन हिंसालाई घरघरबाट मुक्त गर्नुका साथै यस विषयमा सबै निकाए एक भएर लाग्नु पर्ने समेत शाखा प्रमुख लिम्बुले बताईन् ।
लैङ्गिक हिंसाको सवालमा पिडा दिने मान्छे, सहेर बस्ने र हिंसाको बारेमा बुझीसकेपछी बाहिर नल्याउने मानिस नै अपराधी मानिने शिक्षाका लागि राष्ट्रिय अभियानका सुदुरपश्चिम अध्यक्ष हेमराज जोशीले बताए । उनले भने लैङ्गिक हिंसा सामान्य अवस्थामा हामीले बोल्दा, हाम्रो आचारण बानी ब्यहोरा, प्रस्तुतीमा पनि हुन्छ त्यसैले लैङ्गिक हिंसा अन्त्य गर्न घरपरिवार बाट सुरुवात गर्नुपर्ने बताए ।
सामुदायीक बिकास केन्द्र डोटीका अध्यक्ष समेत रहेका जोशिले लैङ्गिक हिंसा न्यूनिकरणको अभियानलाई सामुदायीक बिकास केन्द्रले पनि समुदायस्तरमा विभिन्न समेतनामुलक कार्यक्रम गरिरहेको समेत बताए ।
लैङ्गिक हिंसा न्यूनिकरणमा सहयोग पुग्नुका साथै जिल्लाको अवस्थाको बारेमा जानकारी होस भन्ने हेतुले अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको शिक्षाका लागि राष्ट्रिय अभियान डोटीका अध्यक्ष तिर्थराज पन्तले बताए ।
अन्र्तक्रिया कार्यक्रममा दिपायल सिलगढी नगरपालिका, विभिन्न संघ संस्था, पत्रकार, सरोकारवाला लगाएत डोटी जिल्लाका पाँच वटा स्थानीय तहका महिलाहरुको सहभागिता रहेको थियो ।
