
मोहन ठकुल्ला, डोटी
डोटीको के.आई.सिंह गाउँपालिकाले पालिका स्तरीय हाजिरी जवाफ तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । १६ दिने लैङ्गिक हिंसा विरुद्ध अभियानको अवसरमा आइतबार वायलमा कार्यक्रम गरिएको हो । परिवर्तन परियोजनाबाट सञ्चालित सुशासन पाठशालामा बस्ने महिलाहरूको सहभागितामा विभिन्न सङ्घसंस्थाको सहयोगमा हाजिरी जवाफ सँगै सडक नाटक, महिला हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएका थिए ।

सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा युरोपियन युनियन, डिसिय, याक्सन एड र सम विकास केन्द्र (इडिसी) डोटीको सहयोग रहेको थियो । कार्यक्रमसँगै वायल बजारमा ¥याली पनि निकालिएको छ । बिहेवारि २० वर्ष पारी, महिला हिंसाको अन्त्य गरौँ, हिंसा लुकाउने पाराले दुःख पायो साराले, समान कामको समान ज्याला कायम गरौँ, छोराछोरी माथि हुने हिंसाको अन्त्य गरौँ, महिला हिंसा विरुद्धको १६ दिने अभियान सफल पारौँ, लगायतका नारा ¥यालीमा लगाइएका थिए ।
पछिल्लो समय महिलामाथि हुने हिंसा कम भएको देखिए पनि कहिनकहि अझै पनि महिलाले हिंसा खेप्नु परेको स्थानीय मन्धरी भट्टले बताउनुभयो । महिलाले हिंसा खेप्नुको पछाडि जाँडरक्सी रहेको उहाँको भनाइ रहेको छ । परिवर्तन परियोजना लागू भएपछि महिलाहरूको क्षमता विकास भएको स्थानीय विजया भट्टले बताउनुभयो । उहाँले आफूमाथि हिंसा भएमा आवाज उठाउने गरेको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकामा कार्यरत कर्मचारी, पाठशालामा बस्ने महिला र किशोरीको उपस्थिति रहेको थियो ।
