
गणेश मौनी
मङ्सिर १८, डोटी
महिला स्वयंसेविका र हजार दिनकी आमाहरूलाई नवजात शिशुको बाल्यकालीन पोषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युएमएन डोटी र समान पहुँच विकास केन्द्र डोटीको समन्वय केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको समान पहुँच विकास केन्द्र डोटीका सामुदायिक विकास सहजकर्ता अनिल बमले बताए ।

कार्यक्रममा सहजीकरण गर्दै केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्रकी अहेब प्रतीक्षा बमले हजार दिनको आमाहरूका लागि पोषण अति आवश्यक रहेको बताइन् । उनले भनिन् हजार दिनकी आमाहरूलाई बच्चा गर्भमा रहे देखी नियमित शारीरिक व्यायाम , आराम, नियमित, चेकजाँचका साथै पोषणमा विशेष ध्यान दिनु पर्ने बताए । शिशुको जन्म पश्चात् दुई वर्ष सम्म शिशु स्वाहारमा विशेष ध्यान दिन आवश्यक रहेको समेत बमले बताइन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा हजार दिनकी आमालाई स्वास्थ्य जोखिम, पोषण युक्त खानेकुरा, र गर्भवती भएको बेलामा स्वास्थ्य जाँचको बारेमा छलफल भएको थियो । कार्यक्रममा गर्भवती महिला, नवजात शिशु आमाहरू र महिला स्वास्थ्य स्वयंमसेबीकाहरुको सहभागिता रहेको थियो ।
समान पहुँच विकास केन्द्र डोटीले बालबालिका उत्थानशील विकास परियोजना अन्तर्गत बोगटान फुड्सिल गाउँपालिका विभिन्न वडाहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
