सायल गाउँपालिकाले माग्यो करारमा कर्मचारी

Sayalb

धन बोहरा, डोटी 
डोटी सायल गाउँपालिकाले कर्मचारी माग गरेको छ । गाउँपालिकाले गाउँपालिकामा रिक्त विभिन्न पदपूर्तिका लागि दरआह्वान गरेको हो । गत असार ३१ गतेको गाउँ कार्यपालिकाको निर्णय अनुसार अस्थायी तथा करार कर्मचारीको करार अवधि नविकरण गर्ने निर्णय गरेको थियो । त्यसपछि गाउँपालिकाले कर्मचारीहरुलाई ज्यालामा काम गर्न अनुरोध गरेको थियो । त्यही समयदेखि गाउँपालिका र गाउँपालिका भित्रका वडाहरुमा विभिन्न पदमा कर्मचारी पद रिक्त रहेको थियो । उक्त कर्मचारी पदपूर्ति गर्न दर्खास्त आह्वान गरेको गाउँपालिकाले जनाएको छ ।
माग गरिएको कर्मचारीमा १ जना ईन्जिनियर, १ जना सव ईन्जिनियर, एक जना प्राविधिक सहायक, अ.सव ईन्जिनियर २ जना, कम्प्युटर अपरेटर ७ जना, कृषि स्नातक एक जना, कृषि प्राविधिक ३ जना, पशु प्राविधिक ३ जना, हे.अ ३ जना छन् । त्यस्तै ल्याब असिस्टेन्ट एक जना, अहेब १० जना, अनमी ८ जना, उद्यम विकास सहजकर्ता २ जना, एमआईएस फिल्ड संयोजक १ जना, हलुका सवारी चालक २ जना, कार्यालय सहयोगी ११ जना र स्वीपर एक जना माग गरिएको छ ।

Shaileshwori
Loading...