भूकम्प प्रभावितका लागि दिपायल सिलगढी नगरपालिकाले ३ लाख सहयोग गर्‍यो 

Sayalb

पुर्विचौकी गाउँपालिकाका भूकम्प प्रभावितहरूका लागि दिपायल सिलगढी नगरपालिकाले तीन लाख आर्थिक सहयोग गरेको छ । सोमवार नगर प्रमुख बाजी खड्काले गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायलाई चेक हस्तान्तरण गर्नुभएको हो । बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले भूकम्प प्रभावितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

दुख पिडामा रहेकालाई सक्दो सहयोग गर्नु मानवता भित्र पर्ने प्रमुख खड्काले बताउनुभयो । भूकम्पबाट गाउँपालिकामा ठुलो क्षति पुर्‍याएको अवस्थामा दुखमा नगरपालिका  गाउँपालिका सँगै भएको महसुस गराउन सानो सहयोग गरेको उहाँको भनाइ छ । प्रभावितहरूका लागि विभिन्न संघसस्थाबाट सहयोग प्राप्त भइरहेको र त्यसलाई एकद्वारा प्रणालीद्वारा वितरण गरिने गाउँपालिकाका अध्यक्ष उपाध्यायले बताउनुभयो । स्थानीय सरकारमा कांंठमाडौ महानगरपालिकाले १० लाख र दिपायल सिलगढी नगरपालिकाले ३ लाख आर्थिक सहयोग गरेको छ ।

हाल प्रभावित त्रिपालमुनि बसिरहेका छन् । भूकम्पबाट क्षति पुगेको ठाउँ खप्तडसँगै जोडिएको हुनाले यहाँ हिउँ पर्ने समय हुनै लागेकोले पनि चाँडै अस्थायी टहरा निर्माण गर्ने तयारी भइरहेको अध्यक्ष उपाध्यायले बताउनुभयो । गत कार्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाको आश्रम नजिक केन्द्र बिन्दु बनाएर भूकम्प  गएको थियो । जसले पुर्बिचौकी गाउँपालिकाका धेरै स्थानीय घरविहीन बनेका छन् । भूकम्पमा परी गैरागाउका ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।

 

Shaileshwori
Loading...