

गणेश मौनी, डोटी
डोटीको आदर्श गाउँपालिकाले पालिका भित्र रहेका महिला स्वास्थ्य स्वयंम सेबिकाहरुलाई मोबायल फोन बितरण गरेको छ ।
गाउँघरमा रहेका स्वास्थ्य सम्बन्धीका सवालहरुलाई स्वास्थ्य संस्थामा जानकारी गराउन सहजता होस् भन्ने हेतुले महिला स्वास्थ्य स्वयंम सेबिकाहरुलाई मोबालय फोन बितरण गरिएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए । उनले भने न्यून सेवा सुबीधामा सेवा गरिरहेका महिला स्वयंमसेबिकाहरुलाई सेवाग्राही तथा स्वास्थ्यकर्मिहरुसंग सुचना आदान प्रदान गर्न सहजता भई सेवा प्रवाहमा गुणस्तरीयता आउस भन्ने हेतुले पालिकाले प्रोत्साहन स्वरुप सानो सहयोग गरेको बताए ।
गाउँपालिकाका सबै वडाभित्र रहेका ८७ जना महिला स्वास्थ्य स्वयंमसेबीकालाई मोबायल फोन बितरण गरेको आदर्श गाउँपालिका स्वास्थ्य शाखा संयोजक बम बहादुर खड्काले बताए । उनले भने महिला स्वयंमसेबिकाहरुले मोबायल फोनको प्रयोग गर्दा सामुदायमा रहेका स्वास्थ्य सम्बन्धीका समस्याहरुको बारेमा बेलैमा पहिचान गरि रिफर गर्न र समुदय स्तरका समस्याहरुलाई स्वास्थ्य चौकी सम्म जानकारी गराउन सहज हुने बताए ।
स्वयंमसेबिकाहरुको सक्रियता र कार्यसम्पादनको आधारमा पालिकाले १४ जना महिला स्वयंम सेबिकाहरुलाई पुरस्कृत गर्नुका साथै दुई जना बिरामी स्वयंसेबिकालाई उपचार खर्च बाफत १५ हजारका दरले उपपलब्ध गराउने र सबै स्वयंसेबिकाहरुको मोबायलमा मासिक रुपमा १ सयको रिचार्ज गर्ने समेत संयोजक खड्काले बताए ।
महिला स्वास्थ्य स्वयंमसेबिकाहरुलाई थप सेवा सुबीधा दिन गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० गाउँसभाबाट थप ५ लाख रकम बिनियोजन गरेको पालिकाले जनाएको छ । पालिकाले स्वयंमसेबीकाहरुको लागि एम्बुलेन्स सेवा पूर्ण रुपमा छुट गर्ने यो भन्दा पहिले निर्णय गरिसकेको थियो ।
