नगरलाई कृषि पकड क्षेत्र बनाउने दिपायल सिलगढी नगरपालिकाको अभियान सुरु

विक्रम खड्का, डोटी 
दिपायल सिलगढी नगरपालिकाले कृषि पकड नगर क्षेत्र बनाउने अभियान सुरु गरेको छ । सीमान्तकृत वर्गलाई आयआर्जनको मूलधारमा ल्याइ दैनिक जीवनयापनमा सहजता बनाउन पहिलो चरणमा नग।पालिकाले कृषिमा आधारित विभिन्न कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २०७९/०८० को पशु सेवा शाखाको सशर्त तथा नि सर्त कार्यक्रम अनुसार वडा नम्बर १, २, ३ मा लागु हुने गरी  विभिन्न कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।
Sayalb
नगरलाई नमुना कृषि पकड क्षेत्र बनाउने अवधारणाका साथ चालु आर्थिक वर्षको कार्यक्रम वडा नम्बर  १, २ र ३ मा ग्रामीण कुखुरा प्रवर्धन तथा वितरण, घाँसको श्रोत र केन्द्र स्थापना, क्रस बोयर बोका वितरण, माछा पालन अनुदान र नयाँ बाख्रा पकेट विकास कार्यक्रम ल्याइएको नगर प्रमुख बाजि सिंह खड्का (विजय) ले बताउनुभयो । क्रमिक रूपमा अन्य वडामा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने प्रमुख खड्काले बताउनुभयो ।
नगर उप–प्रमुख कलावती महर (साउद) को संयोजकत्वमा बैठक बसी जम्मा रु तिस लाख पाँच हजार बराबरको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको नगरपालिका पशु सेवा शाखाका संयोजक सत्य सुन्दर राज भण्डारीले जानकारी दिनुभयो । कार्यक्रमलाई प्रभावकारी र छिटो उपलब्धि पूर्ण बनाउन र लागु भएका कार्यक्रममा पनि सहजता होस भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । अघिल्ला आर्थिक वर्षहरूमा ससानो रकम वितरण गरिएको हुनाले उपलब्धि नदेखिएकाले हाल एक मुष्ट तरिकाले ३ वडाबाट कार्यक्रम सुरु गरिएको हो । अबको आर्थिक वर्षमा यसै गरी सम्पूर्ण वडाहरूमा लागु गरिने गरी नगरपालिकाको योजना रहेको पशु सेवा शाखाका संयोजक भण्डारीले बताउनुभएको छ ।
Shaileshwori
Loading...