Before Header
After Navigation

सम विकास केन्द्र डोटीको वार्षिक सामाजिक परीक्षण सम्पन्न

मोहन ठकुल्ला, डोटी
सम विकास केन्द्र (ईडिसी) डोटीको वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार लैङ्गिक असमानता, जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभावजन्य व्यवहारको अन्त्य हामी सबैको सरोकार, लोकतन्त्र, सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिको आधार भन्ने मूल नाराका साथ दिपायल सिलगढी नगरपालिकाको सभा हलमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो । सामाजिक अभियानको रूपमा कार्य गर्न लागेको संस्थालाई २५ वर्ष पूरा भएको छ ।

Sagan sahari bhawan nirman aayojana

कार्यक्रममा सम विकास केन्द्र (इडिसि) डोटीले वर्षभरिमा गरेका कार्यहरूको वार्षिक प्रगति प्रतिवेदन २०७८/०७९ प्रस्तुत गरिएको छ । संस्थाले छुवाछूत, असमानता तथा महिला हिंसाको अन्त्य र महिलाको क्षमता विकास गर्ने उद्देश्यका साथ शिक्षा, स्वास्थ्य, घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय, लगायतका क्षेत्रमा विभिन्न कार्य गर्दै आएको संस्थाका अध्यक्ष अधिराज बिसीले बताउनुभयो । विशुद्ध समाज परिवर्तन गर्ने अभियानमा कटिबद्ध भएर संस्थाले काम गरिरहेकाले विगतमा जस्तै आगामी दिनमा सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्ने अध्यक्ष बिसीले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंहले समाजलाई परिवर्तन गर्न कृषि तथा पशु व्यवसाय क्षेत्रमा लगानी लगाउनु पर्ने बताउनुभयो । कृषि तथा व्यवसाय क्षेत्रमा लगानी गर्नसकेमा सामाजिक कार्यमा प्रभावकारिता बढ्ने उहाँको भनाइ छ । दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्कर सूचिकारले दलित तथा अन्य पछाडि परेकाका लागि शिक्षामा बढी जोड दिनु पर्ने बताए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, संस्थाका साधारण सदस्य र कर्मचारी, संस्थाको कार्य क्षेत्रका जनसमुदाय, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो । यसैबिच संस्थाको २५ औँ वार्षिक साधारण सभाको शुभारम्भ भएको छ । एक औपचारिक कार्यक्रम बिच सुरु भएको साधाणसभा शुक्रवार सम्पन्न हुने छ ।

Shaileshwori
Loading...