२ वर्षीय डोटीका एक बालकको उपचारमा समस्या, परिवारद्वारा सहयोग अपिल

Sayalb
डोटी : डोटीका एक बालकको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । जिल्लाको शिखर नगरपालिका वडा नम्बर १ कपल्लेकीका तेज पार्कीका २ वर्षीय छोरा कृष्ण पार्कीको उपचारमा समस्या भएको हो । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका अनुसार २ वर्षीय कृष्णको मुटुमा प्वाल रहेको छ ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण छोराको उपचारमा समस्या भएको बुवा तेज पार्कीले बताउनुभएको छ । उहाँले छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गर्नुभएको छ । “म परिवारसँगै अर्काको जग्गामा बसी रहेको छु, उहाँले भन्नुभयो,  बर्सभरिमा उब्जाएको अन्नबालीले ३ महिना मात्रै खान पुग्छ, छोराको उपचारको लागि आर्थिक छैन ।”
मनकारी व्यक्ति तथा संघसस्थालाई सके जति आर्थिक सहयोग गरेर छोराको ज्यान  जोगाइदिन उहाँले अनुरोध गर्नुभएको छ । उहाँलाई सहयोग गर्न चाहनेले मोबाइल नम्बर ९७६५३२०९१२ मा सम्पर्क गर्न सक्नेछन् अथवा राष्ट्रिय वाणिज्य बैङ्कमा तेज पार्किको नाममा रहेको खाता नम्बर ४३००१०००१४५६९०१० मा रुपैयाँ जम्मा गर्न सक्नेछन् ।
Shaileshwori
Loading...