

डोटी : सेती नदीमा बगेर डोटीका एक जना पुरुषको मृत्यु भएको छ । शनिवार दिउँसो शिखर नगरपालिका–२ भागेश्वर मन्दिर स्थित सेती नदीमा सोही पालिकाको कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक तथा सहायक प्रवक्ता लक्ष्मीराज जोशीका अनुसार बोगटीको शव बगेको स्थान देखी करिब ४ सय मिटरको दुरीमा भेटिएको छ । स्थानीयले नदीमा तैरिइरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी चिप्लिएर नदिमा खस्दा बगेको बताइएको छ । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
