पत्रकार महासङ्घ डोटीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

सीता महता, डोटी
नेपाल पत्रकार महासङ्घ डोटी शाखाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार महासङ्घले जिल्ला शाखा डोटीका अध्यक्ष मोहन शाहीको अध्यक्षतामा दिपायल सिलगढी नगरपालिकाको सभा हलमा साधारण सभा सम्पन्न गरेको हो । पत्रकारहरूलाई पारिश्रमिकमा क्रमिक रूपमा सुधार ल्याउनेमा नेपाल पत्रकार महासङ्घ प्रतिबद्ध रहेको अध्यक्ष शाहीले बताउनु भयो । पत्रकार महासङ्घ केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयन गर्नको लागि शाखा पछि नहट्ने समेत उहाँले बताउनु भएको छ ।

जिल्ला समन्वय समिति डोटीका अध्यक्ष लक्ष्मण सिंहले समाजमा घटेका घटनाहरूको बारेमा समाजमै पुगेर रिपोर्टिङ गर्नु पत्रकारको भूमिका हुन आउने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उहाँले पत्रकार जगतले गर्नु पर्ने भूमिकामा पत्रकार चुक्नु नहुनेमा जोड दिनुभयो ।

Sayalb

नगरपालिकाबाट समाधान गर्न सकिने पत्रकारहरूका समस्या समाधान गर्ने कार्यक्रमका विशिष्ट अतिथि दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खडकाले प्रतिबद्धता जनाउनु भएको छ । पत्रकार महासङ्घ केन्द्रीय सदस्य उत्तर विष्टले राजनीति गरिरहेका पत्रकारहरूले पत्रकार महासङ्घको साधारण सदस्यता लिएर बस्न उचित नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश महासङ्घका अध्यक्ष योगेश रावलले सदस्यता शुद्धीकरणलाई प्रमुख एजेन्डा बनाएर डोटी शाखाले अगाडी बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा महासंघले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

Shaileshwori
Loading...