पुर्नस्थापनामा समेटिएनन् हलिया परिवार

कर्ण चन्द मंसिर २८, डोटी
दिपायल सिलगढी नगरपालिका– ७ पाँकरीको चौकीडाँडामा कैलास आउजीको परिवार तिन पुस्ता बिताई सकेका सकेका छन् । चौकीडाँडामा उनको घर छ तर लाजपुर्जा छैन् । कैलाश भन्छन् ‘हाम्रो बाजे देखी यहाँ बस्दै आएका हौँ, हामीलाइ यो जमिन बिष्ट परिवारले दिएको हो ।’ उनि थप्छन् ‘यो जग्गाको लाजपुर्जा हामीसंग छैन् बिष्ट परिवारहरुसंग पनि छैन् जस्तो लाग्छ तर एकिन जानकारी छैन् ।’
कैलासको जस्तै ४० परिवाले तिन पुस्ता देखी बस्दै आएका छन् । दलित परिवारलाइ जमिन दिए वाफत ‘भागे’ हलिया काम गर्दै आएका ४० परिवारको अहिलेसम्म लाजपुर्जा प्राप्त गर्न सकेका छैनन् । हलिया मुक्तीको घोषणा भएको १४ बर्षसम्म पनि हलियाको परिचयपत्र समेत पाउन सकेका छैनन् । बिभिन्न समयमा गरेर तिन पटक मुक्त हलियको परिचयपत्रको माग गर्दै निबेदन दिएको सिता पार्कीले बताइन् । पार्कीले भनिन् ‘हामीले तिन पटक गरेर निबेदन दियौँ तर सुनुवाई भएन, हामीले हलिया मुक्तीको अफिस, मालपोत र प्रशासनमा पटक पटक धायौँ परिचयपत्र पाउन सकेनौँ, हामी जस्ता वास्तबिक हलियाको नाम समाबेश गर्नु पर्छ ।’ वास्तबिक हलिया भए नभएको छानविन गरि भए पनि एक पटक छुट मुक्त हलियाको नाम समाबेश गर्नु पर्ने माग गर्दै आएका छन् ।
बिहान बेलुका खान नै समस्या आएपछि ९ कक्षामा बढ्ने छोरालाई भारत पठाएको बताउँछीन नरु कोली । उनि भन्छिन् ‘काम गरौँ खेतबारी छैन दाहुरा बचेर मात्रै छोरालाई पढाउने घर खर्च टार्न सक्ने अबस्था हाम्रो भएन त्यसपछि भारतमा जानुको बिकल्प रहेन ।’ सामान्य गुजरा समेत नहुने भए पछि स्कुले छोरालाई समेत कामका लागी भारत पठाउन यो गाउँको नियती बनेको छ ।


जवा देबी लुहारलाई भबिश्यको चिन्ताले सताई रहन्छ । दृष्टीबिहिन श्रीमान्को स्याहारमा ब्यस्त रहेन उनि भन्छिन् ‘ हाम्रो भबिश्य के होला न छोराहरु छन् न कुनै आय स्रोत अहिले त काम गरेर जसोतसो थेगेकी छु मेरो उमेर पनि बढ्दै गएको छ कसरी परिवार चलाउने होला ।’ मुक्त हलिया पुर्नस्थापनाको कार्यक्रम स्थानीय तहमा हस्तान्तण भए पनि छुट भएका हलियाको नाम समाबेश गर्ने तथा तथ्याङ्क संकलन गर्ने कुनै चाँसो छैन् ।
चुनाबको समयमा मात्रै नेताहरुले दलित बस्तीको कुरा सुन्ने गरेको भए पनि काम भने अहिले पनि नगर्ने गरेको स्थानीय लक्ष्मी बिकले बताईन् । बिकले भनिन् ‘हामी बसेको जग्गा कस्को नाममा छ त्यो पनि थाहा छैन् हामीसंग सोधीखोजी गर्ने मान्छे छैनन् अरु कस्ले काम गरि दिन्छ ।’
दिपायल सिलगढी नगरपालिका–७ चौकीडाँडाका छुट भएका हलिया परिवारका बारेमा यस भन्दा पहिला जानकारी नपाएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिं खड्काले बताए । खड्काले भने ‘ यस भन्दा पहिला मलाई जानकारी थिएन, त्यहाँको समस्याबारे के गर्नु पर्छ म आवश्यक पहल लिन्छु ।’
अझै पनि ठुलो संख्यामा मुक्त हलियाहरु पुर्नस्थापना प्याकेजमा छुटेको मुक्त हलिया समाज डोटीका अध्यक्ष बजिर सिं नेपालीले बताए । नेपालीले भने ‘तत्कालीन केही गाबिसमा हलिया नै छैनन् भनियो कयौँ ठाउँमा वास्तबिक हलियाहरु छुटेका छन् । हामी राज्यसंग माग गछौँ अन्तिम पटकका लागी एक पटक नयाँ तथ्याङ्क लिनु पर्छ ।’
