भूकम्प प्रभावित एक सय ५९ जनालाई न्यानो कपडा वितरण

Sayalb

सिलगढी : डोटीको पुर्वीचौकी गाउँपालिकाका एक सय ५९ जना भुकम्प प्रभावितलाई न्यानो कपडा वितरण गरिएको छ । लुथरन विश्व फेडरेशन नेपालको आर्थिक सहयोगमा उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च, डोटीले भुकम्प प्रभावित एक सय ५९ जना अति विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण गरेको हो । बगलेकका ४१, गैरागाउँका ५०, सानागाउँका ३३ र खिरसैनका ३५ जना परिवारलाई न्यानो कपडा वितरण गरेको हो । चिसोको मौसम सुरु भएसंगै चिसोबाट बच्नका लागि २ वटा उनको ब्लाङकेट, ४ वटा उनको टोपी, २ वटा उनको सल र कार्पेट म्याट वितरण गरिएको बताईएको छ ।
वडा कार्यालयसंग समन्वय गरेर लाभान्वित घरको विवरण तयार गरी सामाग्री हस्तान्तरण गरिएको उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च, डोटीका अध्यक्ष टिका सिं नेपालीले बताउनु भयो ।

Shaileshwori
Loading...