
डोटी : अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि आदर्श गाउँपालिकाले हात पारेको छ । आदर्शले शिखर नगरपालिका वडा नम्बर १ कपल्लेकीमा सम्पन्न एसपिए कपल्लेकी शिल्डको उपाधि हात पारेको हो । उपाधिसँगै आदर्शले नगद एक लाख २५ हजार, मेडल, ट्रफि तथा प्रमाणपत्र पाएको छ ।

त्यस्तै प्रतियोगितामा द्वितीय हुँदै दिपायल सिलगढी नगरपालिकाले नगद ५१ हजार, मेडल, ट्रफि तथा प्रमाणपत्र र तृतीय भएको शिखर नगरपालिकाले २१ हजार, मेडल, ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेको छ । बुधवार बाट प्रतियोगिता सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगिताको सुदूरपश्चिम एकेडेमी धनगढी मुख्य प्रायोजक तथा केदारेश्वर मावि कपल्लेकी सह प्रायोजक रहेको थियो ।
