Before Header
After Navigation

भूकम्पमा परि ज्यान गुमाएका मृतकका आफन्तलाई आर्थिक सहयोग 

डोटी : डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाँउका भूकम्प पीडितलाई आर्थिक सहयोग गरिएको छ । भूकम्पमा परि ज्यान गुमाएका परिवारलाई प्रवासी नेपाली सचेतना समाज भारतले प्रति मृतक १० हजारका दरले सहयोग गरेको हो । प्रवासी नेपाली सचेतना समाज भारतले पठाएको रकम मृतक ६ जनाका आफन्तलाई ६० हजार रुपैयाँ हस्तान्तरण गरेको पत्रकार विक्रम खड्काले जानकारी दिनुभयो  ।
Sagan sahari bhawan nirman aayojana
भारतका विभिन्न ठाउँमा काम गर्ने नेपालीहरूबाट थोरै थोरै गरेर भूकम्प प्रभावित तथा पीडितका लागि नेपाली रु एक लाख २२ हजार ५ सय ९० सङ्कलन गरेर पठाएको प्रवासी नेपाली सचेतना समाज भारतका अध्यक्ष टिकाराम कडायतले जानकारी दिनुभयो  । बाँकी रहेको ६२ हजार ५ सय ९० रुपैयाँ पुर्विचौकी गाउँपालिका विपद् व्यवस्थापन कोषमा जम्मा गरिदिने पत्रकार खड्काले बताउनुभयो ।
Shaileshwori
Loading...