डोटी : डोटीमा बाल अधिकार तथा वाल संरक्षण सम्बन्धी सरोकारवालाहरूसँग छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सामुदायिक विकास केन्द्र डोटीको आयोजनमा दिपायलमा कार्यक्रम सम्पन्न भएको हो । दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र पुर्विचौकि गाउँपालिकामा एकीकृत सामुदायिक विकास परियोजना सञ्चालन गरीका वडाका वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति र स्वास्थ्य चौकीका इन्चार्ज गरी २२ जनाको कार्यक्रममा सहभागिता रहेको थियो ।
सहभागीहरूलाई बाल अधिकार, वाल संरक्षण, बालबालिका सम्बन्धी विद्यमान कानुनी प्रावधान र स्थानीय निकायले बालबालिका लागी गर्न सकिने कार्यक्रमको बारेमा छलफल गरिएको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेम राज जोशीले जानकारी दिनुभयो । नयाँ जनप्रतिनिधिहरूसँग बालबालिकाका सवाल र क्षेत्रका विषयमा छलफल गरिएको जोशीले बताउनु भयो। दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र पुर्विचौकि गाउँपालिकामा एकीकृत सामुदायिक विकास परियोजना मार्फत शिक्षा, बाल संरक्षण तथा स्वास्थ्य र सरसफाइको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन हुँदै आइरहेको छ ।