प्रसूति गृह गाउँपालिकालाई हस्तान्तरण 

मोहन ठकुल्ला, डोटी
डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको प्रसूति गृह गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बिहीबार परिवर्तन परियोजना तेस्रो पक्ष अन्तरगत सम विकास केन्द्र नेपाल डोटी र के.आई.सिंह गाउँपालिकाको संयुक्त सहयोगमा निर्मित भवन  गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । ओैपचारीक कार्यक्रमका साथ भवनको उद्घाटनसँगै संस्थाले गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीलाई हस्तान्तरण गरेको हो । महिलाको स्वास्थ्यमा पहुँच पुगोस् भन्ने उद्देश्यले प्रसूति भवनको निर्माण गरेको कार्यक्रम संयोजक महेश परियारले बताए ।
Sayalb
वडामा प्रसूति गृह भवनको निर्माण गरेकोले वडा नम्बर ७ का अध्यक्ष दिल बहादुर बलायरले निर्माण पक्षलाई धन्यवाद दिनुभयो । इडिसीसँग समन्वय गरेर प्रसूति गृह निर्माण गरेको गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले बताउनुभयो । निर्मित भवनका लागि आवश्यक सामाग्री जुटाउने प्रतिबद्धता उहाँले जनाउनुभयो । सम विकास केन्द्र डोटीको ८ लाख, गाउँपालिकाको ३ लाख र २ लाख २८ हजार श्रमदान गरी जम्मा १३ लाख ७१ हजारमा भवन निर्माण भएको हो । कागजात सहित भवन निर्माण गर्दा थप ४३ हजार बढी रकम खर्च भएको प्रगतिशील महिला अधिकार मञ्चका कोषाध्यक्ष दुर्गा मल्लले बताउनुभयो ।
Shaileshwori
Loading...