
डोटी : सिलगढी बसपार्क सञ्चालनका निमित्त सङ्घर्ष समितिले दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख र डोटीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । नगर प्रमुख विजय खड्का र प्रमुख जिल्ला अधिकारी कल्पना क्षेष्ठलाई बिहीबार सङ्घर्ष समितिले बसपार्क सञ्चालनमा ल्याउन लगायतका माग राख्दै ज्ञापन पत्र बुझाएको हो । नगरपालिकाले सार्वजनिक यातायातका ठुला साना गाडीहरू बसपार्कबाटै छुट्नु पर्ने, बसपार्कमै पार्किङ गर्नुपर्ने, बसपार्कमै टिकट काउन्टरबाट टिकट व्यवस्थापन गरी यात्रुहरू ओसारपसार गर्ने व्यवस्था गर्नु पर्ने सङ्घर्ष समितिका संयोजक नवीन श्रेष्ठले बताउनुभयो ।
जिल्ला प्रहरीको गेटलाई यात्रु झार्ने र यात्रु बोक्ने प्वाईट बनाउनु पर्ने, यात्रुलाई गन्तव्यमा पु¥याए पश्चात् गाडीहरू बस पार्कमा पार्किङ गर्नु पर्ने, सिलगढी बसपार्क देखि बजार हुँदै सिलगढी साफे सडक भएर बसपार्क छिर्ने अटो सञ्चालनको लागि आवश्यक पहल गर्नुपर्ने, जिरो प्वाइन्टमा अस्थायी प्रहरी चेक पोस्ट राख्नको लागि आवश्यक पहल गर्नु पर्ने लगायतका माग गरिएका छन् । नगरपालिकाले मागहरूको बेवास्ता गरेमा आन्दोलनमा उत्रिने सङ्घर्ष समितिले बताएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ मा रहेको बसपार्क लामो समय देखी प्रयोग विहीन जस्तै बनेको छ ।
ज्ञापन पत्रको पुर्णपाठ
नेपालको संविधान २०७२ को कार्यान्वयनभए संगैं संविधानको धारा २०९६ को उपधारा १ लाई प्रयोग गरि व्यबस्थापिका संषदले स्थानिय सरकार संचालनकालागी स्थानीय सरकार सञ्चालन ऐन २०७४ निर्माण गरि सोहीआधारमा स्थानीय सरकार कार्यान्वयनमाआईरहेका छन । स्थानीय सरकारले गर्ने काम, कर्तव्य र अधिकार कानूनवमोजिम नै हुन्छन र हुनु पर्दछ । स्थानीय सरकारजनताको नजिकको सरकार भएकाले जनताको भावना र कानूनको पुर्णरुपलपालनागर्दछ भन्नेमाहामीविश्वस्त छौं । स्थानीय सरकार सञ्चालन ऐन अन्र्तगतनगरपालिकाको धेरै काममध्यये यातयात, व्यबस्थापन, अनुगमन, नियमन र गुणस्तरसेवाप्रवाह, बातावरणमैत्रीव्यबस्थापनलगायत सुरक्षितयातायात सेवा र नीति, प्रणालीको निर्माण, कार्यान्वयन र नियमगर्ने अधिकार समेत रहेकाले नगरपालिकाको सम्पत्तीको उचितप्रयोग र संरक्षण गरियोस भन्ने जोडदार मागगर्दछौं ।

करिब २०५६ सालमातत्तकालिननिर्वाचित स्थानियतहको आफनै लगानीमानिर्माण भई कार्यान्वयनमा रहेको दिपायल सिलगढी नगरपालिका वडा नं. ५ (साविक वडा नं. ४) सिलगढी स्थित बर्षपार्क सुदुर पश्चिमका पहाडी जिल्लामध्येयकै व्यबस्थित र गुणस्तरयुक्तबषपार्क हो, यसै बषपार्क बाट यात्रुहरुको आवागमनभईरहेको र सिलगढी बजारलाई समेत चहलपहलवनाउननिकै ठुलो योगदानपुगेको कुरा अवगत गराउदछौं । हामी यो पनिमागगर्दछौकीयातायात सेवा सबैकालागी र गुणस्तर सेवाहुनुपर्दछ । जनताको सेवामा स्थानिय सरकार लागी रहेको भएतापनिविभिन्ननिकाय र व्यक्तिकालाभप्रस्त कार्यले नगरपालिकालाई बषपार्क बाट दैनिक रुपमाप्राप्तहुर्दै आएको शुल्कतथायातायात कर विगत केहीवर्ष देखीबन्दभई नगरपालिकाको राजश्ववृद्धिमा रोक लागेको हामीले महसुश गरेका छौं ।
करिब १८ वर्ष देखीनिरन्तर रुपमासञ्चालनमा रहेको बषपार्कलाई दिपायल सिलगढी नगरपालिका सिलगढी भित्र सडक संजालजोडिए सँगै बसपार्कमापार्किङ्ग गर्ने गाडीहरु साघुरो भयो भन्ने नाममा पटक पटक सिलगढी बासीको गुनासो र तत्कालिन स्थानीयनिकाय, प्रहरी, प्रशासन र यातायातव्यवसायीबिचभएको सहमतीलाई समेत लत्याउर्दै आएको कुरा समेत नगरप्रमुख समक्षजानकारी गर्दछौं । तषर्थः सबैजनतालाई यातायातसेवाको अनुभूत्ति गराउन र यातयातसेवालाई व्यबस्थितनियम संगत रुपमा संचालनगर्न करोडौं रुपयालगानी गरेर निर्माण गरेको वषपार्कको सहीसदुपयोग गर्न र आईवेसडकमा पार्किङ्गकाकारण हुन सक्ने दुघर ट्राफिकजाम लाई समेत मध्ययेनजर गरि स्थानिय सरकारको अधिकारर दायित्वलाई पुर्ण रुपले कार्यान्वयनमालगियोस भन्ने अनुरोध सहीतहामी सिलगढी बासीकाजायजमागलाई संबोधनगरियोस भन्ने जोडदार मागगर्दछौं ।
यस्को लागिजिल्लाकास्थित जिल्ला समन्वय समिति, यातायातव्यवसायी समिति, प्रहरी कार्यालय, ट्राफिक कार्यालय, स्थानीयसँग समन्वय गरीमागको संबोधनगरियोस । तथापीहाम्राजायजमागलाई उपेक्षागरिएमासिलगढीबासी कडा आन्दोलनमाजानबाध्यहुने कुरा समेत निवेदनगर्दछौं ।
हाम्रा मागहरु
१.सु.प.कै पहाडी जिल्लामध्येय व्यबस्थितवषपार्क र दिपायल सिलगढी नगरपालिकाको आफनै लगानीमानिर्माण भई कार्यान्वयन रहेको वषपार्कमा सार्जवनिकयातायातका ठुला साना (वष, हाईसजिप ) लगायतका गाडीहरु बसपार्कबाटै छुट्ने, बसपार्कमै पार्किङ्ग गर्नुपर्ने, बसपार्कमै टिकट काउण्टरबाट टिकट व्यवस्थापन गरी यात्रुहरु ओसारपसार गर्ने व्यवस्थागरियोस
२.यात्रुको यातायात सेवालाई गुणस्तर वनाउन सिलगढी जिल्लाप्रहरीको गेट लाई यात्रु झार्ने र यात्रु वोक्ने प्वाईट वनाई कार्यान्वयनगरियोस ।
३. नजिकवा टाढाका दुरीका गाडीहरु (वष, हाईस ) या त्रुलाई गन्तब्यमा पु¥याएपश्चातति गाडीहरु सडक र व्यक्तिगत घरमानभई वषपार्कमापार्किङ्ग गर्ने प्रणालीलाई कडाईकासाथलागु गरियोस ।
४.स्थानीय स्रतमा संचालन रहेका साना दुरीका र लामा दुरीका गाडी (जिप, हाइस सिलगढी बषपार्क, इन्द्रचोक हुर्दै जाने र सबैलाई सेवादिने नियमलाई कडाईका साथलागु गरियोस ।
५.सिलगढी बषपार्कमापार्किङ्ग गर्ने गाढीवाट विगतमानगरपालिकाले लिने शुल्क (कर) लाई व्यबस्थितप्रभावकारी वनाई नगरपालिकाको राजश्ववृद्धिमा ध्यानदिईयोस ।
६. सिलगढी बसपार्क देखि बजार हुँदै सिलगढी साफे सडक भएर बसपार्क छिर्ने अटो संचालनको लागिआवश्यकपहलगरियोस ।
७. सिलगढीजिरो प्वाइन्टमा अस्थाई प्रहरी चेक पोष्ट राख्नको लागिआवश्यकपहलगरियोस्
८. धनगढीमा सिलगढी टिकट काउण्टर स्थापना र भाडादर बारे पनि सम्वन्धितनिकायसँग समन्यवयगरि आवश्यकव्यवस्थागरियोस ।
९. सिलगढी बजार सुधारको लागि स्मार्ट सिटि कार्यक्रमअन्तर्गत आएको रकमकहाँगयो, टुडिखेल देखि कारागार सम्मको बजारको बाटो के कतिकारणले रोकिनगएको हो यथासिघ्र छानबिन गरि बाटो निर्माण सुधार गरियोस्
१०. हाम्राजायजमागहरु यथासिघ्र सुनुवाइगरि कार्यान्वयनगरियोस अन्यथाहामि चरणवद्ध आन्दोलनको कार्यक्रको घोषणा गर्न बाध्यनपारियोस ।
सिलगढी बासि
