Before Header
After Navigation

डोटीमा खप्तड–शैलेश्वरि अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु

Sagan sahari bhawan nirman aayojana

डोटी : डोटीमा खप्तड–शैलेश्वरी अन्तर विद्यालय खेलकुद प्रतियोगिता २०७९ सुरु भएको छ । सिलगढी स्थित टुँडिखेलमा ३०१ औं पृथ्वी जयन्ती तथा एकता दिवसको उपलक्ष्यमा प्रतियोगिता सुरु भएको हो । आज सुरु भएको प्रतियोगिता १२ गतेसम्म सञ्चालन हुने छ । जिल्ला भित्रका माध्यमिक तहका ८ देखि १२ कक्षा सम्मका छात्रहरुका लागी फुटबल, छात्राहरुका लागी कबडी र ८ कक्षा सम्मका छात्र, छात्रा दुबैका लागि चित्रकला प्रतियोगिता राखिएको छ । पहिलो दिन फुटबल तथा चित्रकला प्रतियोगिता भएका छन् ।
भैरव प्रसाद गण र जिल्ला स्तरिय बाल सञ्जालको आयोजना तथा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ को प्रायोजनमा खेलकुद प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा फुटबल र कबडी प्रथम हुने विद्यालयले रु १५ हजार नगद, प्रमाणपत्र र सिल्ड, द्वितीयलाई रु १० हजार नगद, प्रमाणपत्र र ट्रफिको व्यवस्था गरिनुका साथै चित्रकला प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रु ३ हजार नगदसहित प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जानएको छ ।
फुटबल प्रतियोगितामा पहिलो खेल मर्निङ्ग लाईट ईंग्लिस बोर्डिङ्ग स्कुल रपद्मा पब्लिक मुक्तिनारायण माद्यामिक विद्यालय सिलगढी बिच भएको थियो । यो खेलमा ३-२ को गोल अन्तरले पद्मा पब्लिक मुक्तिनारायण माद्यामिक विद्यालय बिजयी भएको छ ।
दोस्रो खेलमा भागरती एकेडेमीका बिरुद्ध सुनाखरी बोर्डीङ्ग स्कुल १-० गोल अन्तरले बिजयी भएको छ । तेस्रो खेलमा सुजङ्ग बोर्डिङ्ग स्कुल विजयी भएको छ । सुजङ्गले तेडी माद्यामीक विद्यालयलाई ९-० को गोल अन्तरले हराएको ह‍ो । आजै भएको चौथो खेलमा पबित्र बोर्डिङ्ग स्कुल विजयी भएको छ । पबित्रले देबि माद्यामिक विद्यालयलाई २-० गोल अन्तरले हराएको हो । भोलि फुटबलका दोस्रो चरणका खेल र कबड्डी प्रतियोगिताका खेल हुनेछन् ।

Shaileshwori
Loading...