

सिलगढी : डोटीमा प्रहरीले २५ सय लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक रूप सिंह थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले राजपुरबाट बरामद भएको २५ सय घरेलु मदिरा नष्ट गरेको हो । शनिबार गोप्य सुचनाको आधारमा छापा मार्दा दिपायल सिलगढी नगरपालिका ४ मा भेटिएको उक्त मदिरा जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको बताइएको छ । साथै मदिरा बनाउन प्रयोग गरिने सामग्री पनि बरामद गरिएको छ ।
