दिपायल सिलगढी नगरपालिकालाई मुक्त हलिया समाजको ज्ञापन

सिलगढी : राष्ट्रिय मुक्त हलिया समाज नेपाल सिलगढीले दिपायल सिलगढी नगरपालिकालाई विभिन्न माग राख्दै ज्ञापन पत्र हस्तान्तरण गरेको छ । मुक्त हलियाको अवस्था विश्लेषण सहित तत्कालीन मुक्त हलियाका माग र सवाल सम्बोधन गर्न भन्दै ९ बुँदे ज्ञापन नगरपालिकालाई हस्तान्तरण गरिएको हो । मुक्त हलियाको बास, गाँस, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित गर्न स्थानीय सरकारले नीतिगत व्यवस्था गरी पुनर्स्थापना कार्यलाई तत्काल लागू गर्नु पर्ने राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटीका अध्यक्ष बजिर नेपालीले बताउनुभयो ।

छूट हलियाका लगत लिन पालिका स्तरि निर्णय गरी तत्काल मुक्त हलियाको तथ्याङ्क सङ्कलन गर्नुपर्ने, परिचय पत्र नपाएका घर परिवारलाई परिचय पत्र दिनुपर्ने, बर्सो देखी एक स्थान र धरमा बसेका मुक्त हलियालाई लालपुर्जा उपलब्ध गराउन पहल गरी भूमिमा स्वामित्व स्थापित गर्नुपर्ने, बालबालिकाहरूलाई उच्च तथा प्राविधिक शिक्षाका लागी छात्रवृतिको व्यवस्था गर्नु पर्ने लगायतका माग उनीहरूले राखेका छन् ।

अन्य पालिकाहरूमा पनि यसरी नै ज्ञापन पत्र दिने अध्यक्ष नेपालीले बताउनुभयो । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख खड्काले नगरपालिका मुक्त हलियाका समस्या समाधान गर्नका लागि कार्यविधि निर्माण गरिरहेको बताउनुभयो ।

Sayalb

सरकारले हलिया मुक्ति घोषण गरेको १४ वर्ष भइसकेको छ । नेपाल सरकारबाट प्रमाणीकरण भएका १६ हजार ९ सय ५३ मध्ये १३ हजार ५ सय ४६ घरधुरीले मात्र पुनर्स्थापना प्याकेज प्राप्त गरेका छन् । स्थापना प्याकेज पाएका मध्य ९ प्रतिशत घरधुरीले दोस्रो किस्ता रकम पाउन सकिरहेका छैनन्, अझै २० प्रतिशत पुनर्स्थापन पखाईमा रहेका छन् ।

Shaileshwori
Loading...