Before Header
After Navigation

पुसे पन्ध्र सुदुरपश्चिममा धुमधामका साथ मनाईदैँ

Sagan sahari bhawan nirman aayojana

डोटी :  आज पुस १५, डोटी लगायत सुदूरपश्चिमका जिल्लामा ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । विशेष गरेर नेपालको सुदूरपश्चिम प्रदेशमा मनाईने यो पर्व यहाँको मौलिक पर्व हो । गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेषगरी तरुल, सखरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन रहेको छ । यी पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने किंवदन्ती छ ।
जिल्ला सदरमुकाम सिलगढीमा केहीदीन पहीला देखी नै यस्ता चिजको ब्यापार सुरु भएको छ । आज तरुल खानैपर्ने मान्यताअनुरूप शहरी क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गर्छ । ग्रामीण क्षेत्रका बासिन्दा घरमा लगाएको र जंगलमा पाइने तरुल उसिनेर खान्छन् । पुस पन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वका रुपमा पनि अर्थ्याइएको पाइन्छ ।
घर घरबाट विभिन्न परिकार बनाउन सामग्री लगेर एक ठाउँमा जम्मा भई पकाउने र बाँडीचुँडी खाने जुन चलन छ ।

Shaileshwori
Loading...