युएसएसबिएमको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न 

डोटी : उपेक्षित सामुदायिक सशक्तीकरण तथा विकास मञ्च (युएसएसबिएम) डोटीको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवद्धधनका लागि सामूहिक प्रयास परियोजना २ र कोभिड १९ प्रभावित समुदायको लागि आर्थिक पुर्नउत्थान परियोजनाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
शुक्रवार सिलगढीमा सम्पन्न सामाजिक परीक्षण कार्यक्रममा संस्थाले यी दुई परियोजना अन्तरगत वर्ष भरि गरेका गतिविधि सार्वजनिक गरिएको छ । कार्यक्रममा परियोजनाले गरेका गतिविधिको बारेमा संस्थाका कार्यक्रम अधिकृत भक्तराज उपाध्याय र आर्थिक गतिविधि लेखापाल धनमाया थापाले प्रस्तुत गर्नुभएको हो । मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवद्धधनका लागि सामूहिक प्रयास परियोजना (साहस-२) अन्तरगत ३२ लाख ५४ हजार ४ सय १३ र कोभिड १९ प्रभावित समुदायको लागि आर्थिक पुर्नउत्थान परियोजनामा ५४ लाख २६ हजार २ सय ६६ रुपैयाँ खर्च गरेको छ । परियोजनाबाट शिखर नगरपालि, पुर्विचौकी गाउँपालिका, जोरायल गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका मुक्त हलिया, विपन्न तथा केही गर्न चाहने नागरिकलाई विभिन्न सहयोग गरेको छ ।
संस्थाले समावेशी छनोट गरेर सहयोग गरेको कार्यक्रममा सहभागी दिपायल सिलगढी नगरपालिका ९ कलेनाकी पारूँ आउँजीले बताउनुभयो । महिलाहरूका कपडा सिलाउँदै आउनुभएकी उहाँले थप  तालिम लिन चाहेको बताउनुभयो । संस्थाले विपन्न वर्गका लागि लगानी गर्ने भए पनि त्यो लगानीको सही सदुपयोग लाभग्राहीले गर्नुपर्ने गैर सरकारी संस्था महासङ्घ डोटीका कोषाध्यक्ष लक्ष्मी देउवा बमले बताउनुभयो । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष टिका सीँ नेपालीले लाभग्राहीले पाएको सामान आफ्नो हो भन्ने ठान्नुपर्ने बताउनुभयो । कतिपयले पाएको सामानको जतन नगर्ने गरेको कुरा राख्दै उहाँले त्यस नगर्न अनुरोध गर्नुभयो ।
Sayalb
Shaileshwori
Loading...