
सुदूरपश्चिम प्रदेशमा सुधारिएका ३० हजार चुलो निर्माण गरिने भएको छ । प्रयाक्टिकल एक्सनको आर्थिक सहयोगमा आस्था नेपाल मार्फत ग्रामिण क्षेत्रका लागी आधुनिक सुधारिएको चुलो बजार प्रर्बद्धन परियोजना अन्तरगत सुदूरपश्चिम प्रदेशका चार जिल्ला डोटी। अछाम, बैतडी र डडेल्धुराका २४ गाउँपालिका र एक नगरपालिकाभरी आधुनिक सुधारिएको चुलो बितरण गर्ने लक्ष्य रहेको आस्था नेपालका कलस्टर फिल्ड अफिसर प्रयागराज कापडीले जानकारी दिनु भएको छ ।

फ्यान समेत जडान रहेको उक्त चुलोमा आवश्यकता अनुसार ताप कम बढी गर्न सकिने, दाउरा कम चाहिने, धुँवा नहुने राम्रो बिशेषता रहेको कापडीले बताए । १० बर्ष सम्म सञ्चालन हुने उक्त कार्यक्रममा ६ हजार पाँच सय पर्ने उक्त चुलोका लागी तिन हजार ७ सय संस्थाको तर्फबाट र उपभोक्ताले दुई हजार आठ सय रकम दिनु पर्नेछ ।आधुनिक चुलो ग्रामिण क्षेत्रका जनसमुदायका लागी प्रभाबकारी हुने जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले बताए । सिंहले भने ‘ यो स्वास्थ्य र श्रमलगानी दुबैका हिसाबले प्रभाबकारी हुन्छ बनजंलको पनि बचत खर्चको पनि बचत हुन्छ ।’ आधुनिका चुलो प्रयोगमा आएपनि महिलाहरुको कार्यबोझमा कमी आउने सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए । जोशीले भने ‘ गाउँका साना बजारमा ग्यासका प्रयोगले खर्चमा बृद्धी आएको छ, बिकटमा समेत दाउराको अभाब हुन थालि सकेको छ, यसमा कम दाहुरा चाहिने भए पछि महिला दिदिबहिनीहरुको कार्यबोजमा समेत कमि आउने छ ।’
