किन जुटेन माओवादी सुदूरपश्चिम संसदिय दलको नेतामा सहमती ?

Sayalb

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदिय दलको नेतामा सहमती जुटन नसकेपछि भोली बिहान ९ बस्नेगरी बैठक स्थगित गरिएको छ । दिउँसो सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यहरुको बैठक पछि बसेको संसदिय दलको बैठकमा दलको नेतामा सर्बसहती बनाउने प्रयास गरे पनि सहमती हुन नसक्दा भोली बिहानका लागी बैठकको आब्हान गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदिय दलको नेतामा पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश ईञ्चार्ज खगराज भट्ट ‘बिनोद’ र केन्द्रीय सदस्य ओम बिक्रम भाट ‘सरल’को पनि दाबी रहे पछि नेता छनौटका लागी सहमती जुटन नसकेको माओवादी केन्द्रका केन्द्रिय सदस्य शिब सिं ओलीले बताए ।
११ जना प्रदेश सभा सदस्यमा अधिकांस प्रदेश सभा सदस्यले खगराज भट्ट दलको नेता हुन पर्ने राय प्रस्तुत गरेका थिए । अर्का दाबेदार ओम बिक्रम भाटले छलफलका लागी थप समय माग गरेपछि बैठक भोली बिहानै बस्नेगरी संसदिय दलको बैठक स्थगित गरिएको छ ।

Shaileshwori
Loading...